मधेशका डेढ दर्जन Tiktoker अश्लिल हर्कत गरेको आरोपमा पक्राउ


बर्दिबास- होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटकरलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरी हो हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटकरहरू पक्राउ परेका हुन । सो घटनाबारे छानबिन जारी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहसहितका टिकटकर रहेका छन । पक्राउ गरिएका सबै दोषी नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया पैलेस होटलमा बसेका महिला डाक्टरको कोठा ढक्ढक्याएर खोल्न लगाउने तथा अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । राति १२ बजेसम्म तलको हलमा अश्लिल नृत्य तथा होहल्ला भई रहेको सूचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए ।

प्रहरी पुग्न साथ डेढ सय भन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको