काठमाडौं , असोज ५ गते।
आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार काठमाडौंमा आन्दोलनसँगै नाचगान प्रदर्शन गरेका छन्।
विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ। त्यो माग पूरा गर्न भन्दै शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।
आज शुक्रबार तेस्रो दिन पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन्। माइतीघरमण्डलमा जम्मा भएर शिक्षकहरुले नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै छन्।
प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान समेत गरेका छन्। उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ। जसका कारण यात्रुलाई ग्रारो भएको छ।
आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान दुई चरणमा मन्त्रीहरुसँग छलफल गरेका थिए। छन्।



















