२० वर्षीया युवतीलाई सामूहिक बलात्कार


Deep Diamond

कञ्चनपुर, असोज ४ गते ।

डडेल्धुरामा २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना युवक पक्राउ परेका छन्।

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जनालाई डडेल्धुरा प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन्।

उनीहरुमाथि फरक फरक समय र स्थानमा युवतीलाई बलात्कार गरेको आरोप छ।

कमल र २ जना १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ भागेश्वर गाउँपालिकाकै डेकास्थित एउटा घरको गोठमा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

पीडित युवतीको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।

घटनामा संलग्नता आरोप लागेका एक १८ वर्षीय किशोर फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

आरोपित ४ जनालाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको