काठमाडौं, भदौ २० गते ।
कलङ्की–वसुन्धरा चक्रपथ विस्तारका लागि सामाखुसी क्षेत्रमा ‘सर्भिस ट्रयाक’ निर्माण तीव्र बनाइएको छ । चक्रपथ विस्तारका लागि चक्रपथ सुधार योजनाले निर्माण कार्य सुरुवात गरेको हो । ६ मिटर चौडाइमा बन्ने ‘ट्रयाक’को कुल लम्बाई ८.२ किलोमिटर छ ।
ट्रयाक निर्माण गर्न कलङ्की–वसुन्धरा सडकलाई चार खण्डमा विभाजन गरिएको छ । ट्रयाक निर्माणका सम्पूर्ण काम नेपाल सरकारकै लगानीमा हुँदैछ । कलङ्की–वसुन्धरा सडक विस्तार गर्न नेपाल सरकार र चिनियाँ सरकारबिच सन् २०१८ मै सम्झौता भएको थियो ।