रोशन महतो
बर्दिबास, भदौ १९ गते
नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय बर्दिबास महोत्तरीले ६१ औं रेडक्रस दिवस मनाएको छ । बर्दिबास नगरपालिका वडा नम्बर ९ स्थित जनमुखी आधारभुत विद्यालयमा दिवस बनाएको छ ।
दिवसको अवसरमा रेडक्रसले शैक्षिक समाग्री, खेलकुदका समाग्रीहरु विद्यालयलाई प्रदान गरिएको छ । दिवसको अवसरमा स्कूलमा आयोजितकार्यक्रममा ११ जनाले रगत दान गरेका थिए ।
कार्यक्रमा प्रदेस सभा सदस्य सारदा थापा, मेयर प्रह्लाकुमार क्षेत्री, सीडियो दिपक पहाडी लगायत सहभागि थिए । फोटो फिचर ः
(फोटो फिचर)




















