एकदिवसीय क्रिकेटमा कुशलको हजार रन पूरा


काठमाडौं, भदौ १८ गते ।

नेपालका ओपनर कुशल भुर्तेलले एकदिवसीय खेलमा एक हजार रन पूरा गरेका छन्।

एसिया कप क्रिकेट २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ।

यो सफलता प्राप्त गर्ने उनी नेपालका तेस्रो खेलाडी हुन्। एसिया कपअन्तर्गत समूह ‘ए’मा भारतसँगको प्रतिस्पर्धामा उनले २.२ ओभरमा मोहमद सामीको ओभरमा तीन रन लिँदै हजार रन पूरा गरे।

सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका भुर्तेलले ४६ खेलमा ४५ इनिङ्स खेलेका छन्। उनले ५० ओभरको खेलमा एक शतक र ६ अर्धशतक बनाएका छन्। एकदिवसीय खेलमा उनको व्यक्तिगत सर्वाधिक रन एक सय १३ रन हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको