बर्दिबास, भदौ १५ गते ।
महोत्तरीको बर्दिबासमा रहेको बर्दिबास बचत तथा ऋण सहकारी संस्था ली को १२ औं वार्षिक साधारण सम्पन्न भएको छ ।
बर्दिबास बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभामा आज शुक्रबार वित्तीय क्षेत्रका संघ संस्थाका प्रतिनिधिले यस्तो बताएका हुन् ।
बर्दिबास-४ माइस्थानमा आज सम्पन्न संस्थाको १२ औं साधारणसभामा राष्ट्रिय सहकारी बैंक बर्दिबास शाखाका प्रबन्धक राजेश थापाले बर्दिबास साकोसलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्कासहितका अन्य वित्तीय संस्थाका प्रतिनिधिले पनि बर्दिबास साकोसले अनुकरणीय काम गरिरहेको बताउनुभयो ।
विक्रम सम्वत् २०६७ सालमा ८८ जना सेयर सदस्यले सुरु गरेका यो सहकारीमा हाल तीन हजार २९४ सेयर सदस्य छन् । जसमा महिलाको सङ्ख्या एक हजार ४११ छ । संस्थामा हाल ६१६ ऋणि सदस्य छन् । जसमा महिलाको सङ्ख्या २६६ रहेको साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
बर्दिबासमा आफ्नै पक्की कार्यालय भवन रहेको यो संस्थाको खयरमारा र हाथीलेटको बेङ्खाडी बजारमा सेवाकेन्द्र सञ्चालित छन् । वर्षभरिमा बिभिन्न चाडपर्वमा नौ दिनमात्र बन्द रहने संस्थाको कार्यालय १३ जना कर्मचारीले सञ्चालन गर्दै आएका छन् ।
स्थिरीकरण कोष, राष्ट्रिय सहकारी बैंक लि., बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.महोत्तरी, जिल्ला सहकारी संघ लि. महोत्तरी र नेफ्स्कुन म्यानेजर्स क्लवसहितका संस्थामा बर्दिबास साकोसको आबद्धता छ ।
संस्थाले रक्तदान, छात्रवृति, जेष्ठ नागरिक सम्मान र बिभिन्न सामाजिक क्षेत्रका काममा योगदान दिदै आएको सचिब भवनाथ खतिवडाको भनाइ छ ।
संस्थाले १२ औं साधारणसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरणमा सदस्यहरुको सेयर रकम दुई करोड ३६ लाख ९१ हजार ९०० रहेको उल्लेख छ ।
यसैगरी बचत रकम १२ करोड ४९ लाख पाँच हजार ३१२, लगानीमा रहीरहेको ऋण १४ करोड ६८ लाख एक हजार ७७० र ऋण दायित्व एक करोड ३७ लाख ५० हजार रहेको उल्लेख छ । संस्थाले गत आवको खुद नाफा २६ लाख १५ हजार ४५९ रहेको जनाएको छ ।
साधारणसभामा संस्थाले सामुदायिक विद्यालयमा कक्षा ११/१२ अध्यचार जना छात्रछात्रालाई एक वर्षको शैक्षिक शुल्क प्रदान गर्नसँगै उत्कृष्ट ऋणि, बचतकर्ता , कर्मचारी र ७० वर्ष उमेर नाघेका सदस्यलाई पुरस्कृत र सम्मानित गरेको छ ।
संस्थाको १२ औं साधारणसभा बर्दिबासका नगरप्रमुख प्रल्हादकुमार क्षत्रीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष शङ्कर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।