नेपालको चुच्चे नक्सा स्वीकार नगरेको भन्दै मेयर बालेनद्धारा चीन भ्रमण रद्द

काठमाडौं, भदौ १४ गते ।

नेपालको चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।

चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि आज बिहीबार दिउँसो चीनको बेइजिङ जाने लागेका बालेनले अन्तिम समयमा आएर आफ्नो भ्रमण रद्द गरेका हुन् ।

तर चीनले हालै आफ्नो नयाँ नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा निकालेको छ । यसअघि बालेनले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा टाँसेर भारतलार्ई चुनौति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको