नेपालले पाकिस्तानको सामना गर्दै


दीपक अधिकारी

काठमाडौं, भदौ १३ गते ।

नेपालले एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानको सामना गर्दै छ । खेल पाकिस्तानको घरेलु मैदान मुल्तान क्रिकेट रंगशालामा हुँदै छ ।

यो रंगशालामा जुन २०२२ मा वेस्टइन्डिज र पाकिस्तानबीच तीन एकदिवसीय म्याच भएका थिए । पाकिस्तानले शृंखला क्लिनस्विप गरेको थियो । शृंखलामा दुई सय ५० को एभरेजमा रन बनेको थियो ।

पहिलो म्याचमा पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले आठ विकेट गुमाएर ५० ओभरमा तीन सय पाँच रन बनाएको थियो । लक्ष्य पछ्याएको पाकिस्तानले खेल सकिन चार बल बाँकी रहँदै पाँच विकेटले म्याच जितेको थियो ।

उक्त खेलमा ६ विकेट तीव्रगतिका बलरले लिएका थिए भने दुई विकेट स्पिनरको हातमा गएको थियो ।

दोस्रो म्याचमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै आठ विकेट गुमाएर ५० ओभरमा दुई सय ७५ रन बनाएको थियो । लक्ष्य पछ्याएको वेस्टइन्डिज भने ३३ ओभरभित्रै एक सय ५५ रनमा अलआउट भएको थियो ।

तेस्रो खेलमा वर्षा बाधक हुनुअघि पाकिस्तानले पहिल ब्याटिङ गर्दै दुई सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको वेस्टइन्डिज ३७ ओभरमा दुई सय १६ रन बनाएपछि पाकिस्तानले डकवर्थ लुइस नियमअनुसार ५३ रनले म्याच जितेको थियो । र, शृंखला क्लिनस्विप गरेको थियो ।

तीनवटै म्याचमा बलरको प्रदर्शन हेर्दा सिमरभन्दा स्पिनर हाबी भएको देखिन्छ । शृंखलामा पाकिस्तानका दुई स्पिनर मोहम्मद नवाज र सादव खानले सबैभन्दा बढी सात–सात विकेट लिएका थिए । वेस्टइन्डिजको तर्फबाट स्पिनर अकिल हुसेनले पाँच विकेट लिएका थिए ।

नेपाली टिममा विश्वस्तरीय स्पिनरहरू सन्दीप लामिछाने, ललित राजवंशी छन् । दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले पनि राम्रो स्पिन बलिङ गर्न सक्छन् ।

अझ मुल्तान मैदान ललितका लागि विशेष हुन सक्छ । किनभने पाकिस्तान र वेस्टइन्डिजबीचको शृंखलामा १२ विकेट दुई लेफ्ट आर्म अर्थोडक्सले लिएका थिए ।

ललित पनि स्लो लेफ्ट आर्म अर्थोडक्स भएकाले त्यसको लाभ नेपालले उठाउन सक्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको