जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौं फिर्ता


काठमाडौं, भदौ १३ गते ।

काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेपछि काठमाडौं ल्याएर अवतरण गरिएको छ । बुद्ध एयरकाे जहाज 9N-AJOमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको बुद्ध एयरले जानकारी दिएको छ ।

बुद्धले एयरले टुइट गर्दै भनेको छ, ‘काठमाडौंबाट जनकपुर 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ । सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन् । यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको