प्रचण्डले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन


काठमाडौं, भदौ ३ गते ।

संसद् सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएको छ। सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँगको छलफलबाट सहमति नजुटेपछि आजको संसद् बैठक अनिश्चित भएकाे छ ।

सर्वदलीय बैठक सोमबार पुनः बस्नेछ। सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ।

यसअघि संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग आजै गरेको छलफल पनि विनानिष्कर्ष टुंगिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको