काठमाडौँ, साउन ३० गते ।
गृह मन्त्रालयले मंगलबार चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। चितवन, सप्तरी, धनुषा र नुवाकोटका सिडिओ फेरिएका हुन्।
चितवनमा भूपेन्द्र थापालाई सरुवा गरिएको छ। थापा सप्तरीमा कार्यरत थिए। चितवनमा सिडिओ रहेका सुरेन्द्र पौडेललाई नुवाकोटमा खटाइएको छ भने नुवाकोटमा कार्यरत किरण थापालाई सप्तरीमा सिडिओका रूपमा सरुवा गरिएको छ।
धनुषाका सिडिओ काशीराज दाहाललाई कारागार व्यवस्था विभागमा सरुवा गरी त्यहाँ कार्यरत सहसचिव चक्रपाणि पाण्डेलाई धनुषाको सिडिओमा पठाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।









