सामान्य अंकले घट्यो नेप्से, दुई अर्ब नौ करोडको कारोबार


काठमाडौं, साउन २९ गते ।

सेयर बजार सामान्य घटेको छ। आइतबार दोहोरो अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज साेमबार ३.६१ अंकले घटेर २०७७.२४ विन्दुमा झरेको छ।

आज फाइनान्स, होटेल, जलविद्युत्, लगानी, बिमा अन्य र व्यापार समूहको सेयर सामान्य ओरालो लागेको छ भने अरू समूहको सेयर सामान्य रूपमा बढेको छ।

यस दिन ५४ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब नौ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै आइएमई लाइफ इन्सुरेन्सको ११ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनी र अपर सांगे जलविद्युत् कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको