मेरो गाउँ रामनगर


चारै तिर हरियाली , सुन्दर छ नि ठाउँ
महोत्तरीको गौशालामा पर्छ मेरो सानो गाउँ
सफा हुन्छ हावा यहाँ, सफा छ नि पानी
धेरै जातका मानिस बस्छन , राम्रो छ है बानी ।

हरियालीले भरिएको , सानो मेरो गाउँ ।
स्वच्छ हावा चिसो पानी, रामनगर हो नाउँ ।
देशकै ठुलो चिनिउध्योग , चिनिमिल भाको गाउ।
नामै सुन्दा आनन्द आउने अत्यन्तै रमणीय ठाउँ ।।

सानो गाउँ भएपनी , ठुला ठुला घर छन
धेरै जसो मानिसहरु , खेतीपाति गर्छन ..
यहि ठाउँमा फल्ने गर्छ , उखु धान गहुँ ।।
स्वर्गिय आनन्द पाईने, आहा ! कति राम्रो ठाउँ ।।

मानिहरुको पेसा यहाँ किसान , डाक्टर , चालक
राम्रो , शिक्षा , स्वास्थ , खानेपानी ; राम्रै छ है सडक
बिजुलिबत्तिको सुबिधा यहाँ चौबीसै घन्टा
कमको छैन हाम्रो रामनगर ,कुनै स्वर्ग भन्दा ।।

कला कौशल संस्कृतिले भरिपुर्ण , सम्पदाको ठाउँ ।
दुनियाँलाई भुलाई दिन्छ, आहा ! स्वर्ग जस्तै गाउँ ।
जब रामनगर नाम सुन्छु, अल्छी पनि भाग्छ
साच्चै मलाई मेरो गाउँ स्वर्ग जस्तै लाग्छ ।
तर
बाटोघाटो राम्रो अनि सहज भए पनि
विद्यालय अस्पताल खुल्दै गए पनि
जन्मभूमि त्यागी युवा लागेका छन विदेशतिर
आफ्नो गाउँ रित्तै देख्दा लाग्छ धेरै पीर ।

छाडी गए सुनचाँदी फल्ने बारी खेत
अर्काको दास हुँदा पनि आएन है चेत
सम्भव छ नि यही माटोको मालिक आफैँ बन्ने
मलजल गरी फल फलाई लाख करोड गन्ने ।

देश बाँचे हामी बाँच्छौँ बुझौँ यति कुरा
गाउँ विकास गर्ने लक्ष्य मिली गरौँ पूरा
नजाऊँ विदेश बसौँ गाउँमा गरौँ कृषि काम
आफ्नो गाउँ आफैँ बनाऊँ चिनाऔँ है नाम।

सन्तोश धिमाल
गौशाला १ , रामनगर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको