काठमाडौं, साउन २८ गते ।
विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई नालायक र अयोग्य भएको आरोप लगाएका छन्।
आइतबार पार्टी कार्यालय च्यासलनमा आयोजित पत्ररका सम्मेलनमा ओलीले नालायक सरकारका गृह र अर्थमन्त्रीले राजीनामा नभएको भन्दै अब प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै राजीनामा दिन सुझाव दिए।
साउन ३ गते समातिएको सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग गरिरहेको एमालेले सरकार सटसम नभएपछि पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको छ।
ओलीले प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै भने, ‘यति अयोग्य, यति नालायक सरकारले भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो। उहाँले आफैं राजीनामा गर्नुपर्ने हो।’
ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिनु आश्चर्यको विषय भएको उल्लेख गरे।









