मतदान गर्दै जनमत पार्टी


धनुषा, साउन २७ गते ।

स्थानीय जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गरेको वा नगरेको भनी मूल्यांकन गर्न जनमत पार्टीले शनिबार मतदान गराउँदैछ ।

जनमत पार्टीका सचिव वीपी साहका अनुसार स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको अनुमोदन मूल्यांकन अर्थात एप्रूभल रेटिङका लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको छ । २०८० वैशाख ३० गतेभन्दा पहिलेसम्म जनमत पार्टीको सदस्यता लिएकाहरूले मात्र मतदान गर्न पाएका छन् ।

निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान सुरू भएको साहले बताए । ‘राइट टु रिकल’ को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरूले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्यांकनका लागि पहिलो पटक एप्रभुल रेटिङ गर्दैछ ।

सचिव साहका अनुसार जनमत पार्टीका निर्वाचित स्थानीय निकायको २२ स्थानमा बिहानबाट मतदान सुरू भएको छ भने वर्षाका कारण केही स्थानीय निकायमा मतदान प्रक्रिया ढिलो हुने भएको छ ।

मतदान गराउनका लागि पार्टीले निर्वाचिन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको छ । एप्रूभल रेटिङ्गको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको थियो भने दाबी विरोधका लागि दुई दिनको समय दिइएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको