महोत्तरीमा ट्याक्टरले किराना पसलमा ठक्कर दिँदा एक जनाको मृत्यु


राजा झा

जनकपुरधाम, साउन २६ गते ।

महोत्तरीमा ट्याक्टर अनियन्त्रित भएर किराना पसलमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ९ बजेको समयमा सम्सी गाउँपालिका २ पर्सास्थित सम्सी-गौशाला सडक खण्डमा स १ त ५२९१ नम्बरको ट्याक्टर अनियन्त्रित भइ रोडको साईडमा रहेको किराना पसलमा ठक्कर दिँदा स्थानीय ७५ वर्षीय ईन्द्रेस मोहिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

पसलमा ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोहिम र ४५ वर्षीय शेष आलमलाई तत्काल जानकी एकेडेमी पर्सा रामगोपालपुरमा उपचारको लागि लगेकोमा उपचारको क्रममा मोहिमको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।

आलमको शरीरको विभिन्न भागमा चोटलागेको छ भने अबस्था मध्यम रहेको छ।

यता, ट्याक्टर चालक सोनमा गाउँपालिका वडा नं. १ बस्ने २१ वर्षीय लक्ष्मी साह प्रहरी चौकी सम्सीको नियन्त्रणमा रहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको