काठमाडौँ, साउन २३ गते ।
मनोहरा खोलाको बाढीमा अड्किएका एक व्यक्तिको ससस्त्र प्रहरी बल नेपालको टोलीले आज उद्धार गरेको छ।
अविरल वर्षाका कारण काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ७ र भक्तपुरको मध्यपुरथिमी नगरपालिका ९ जोड्ने मनोहराखोला पुलको बीच भागमा अड्किएका किरण राईको उद्धार गरिएको हो।
खोटाङ्ग जिल्लाको बतासे गाउँपालिका १ बस्ने ५१ वर्षिय किरण राई सो खोलामा आएको बाढीका कारण पुलको बीच भागमा रहेको पिल्लरमाथिको स्ल्यावमा अड्किएका थिए।
सशस्त्र प्रहरीको नंम्बर २२ गुहेश्वरी गणबाट विपद् उद्वार सामाग्रीसहित खटिएको टोलीले उनको सकुशल उद्वार गरेको हो। पुलबाट डोरीको सहयोगमा उद्धार गरिएको थियो।











