कृष्ण नगरपालिकाका कर्मचारी विरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा


काठमाडौं, साउन २३ गते ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौं तहका कर्मचारी साकिहर अहमदविरुद्ध एक करोड ५५ लाख ७९ हजार ६९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सरकारी सेवामा प्रवेश गरेको मिति २०४८-१०-१५ गतेदेखि २०७८-०६-३० को अवधिमा अहमदको आय एक करोड १६ लाख ५३ हजार ९५७ रुपियाँ देखिएको छ ।

यसैगरी, व्यय तथा लगानी दुई करोड ७२ लाख ३३ हजार ६५२ रुपियाँ देखिएकाले आयबाट निजको व्यय घटाउँदा आएको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ ।

आयोगले अहमदको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो र जरिवाना जफत समेतको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मंगलबार आरोपपत्र दायर भएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको