कोसी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा


किशोर बुढाथोकी

विराटनगर, साउन १६ गते ।

कोसी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्।

सभामुख गौतमले मंगलबार उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले सभामुख गौतमको राजीनामा प्राप्त भएको जानकारी दिए।

राजीनामासँगै गठबन्धनका तर्फबाट कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री दाबी गर्न बहुमत पुगेको छ । गौतम २०७९ पुस २८ गते कोसी प्रदेशको सभामुख निर्वाचित भएका थिए ।

उनी माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।केही दिनदेखि काठमाडौंमा रहेका उनले मंगलबार विराटनगर आइपुग्नसाथ राजीनामा दिएका हुन् ।

गौतमको राजीनामासँगै गठबन्धनका तर्फबाट बहुमत पुगेको दाबी पेस गर्न नेताहरु प्रदेश प्रमुखको कार्यालयतिर लागेका छन् ।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।

कांग्रेसका २९,माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरेर गठबन्धनसँग ४७ सांसद पुग्छन् ।

प्रदेशसभाकै ठूलो दल नेकपा (एमाले)का ४० र राप्रपाका ६ गरेर ४६ सांसद छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको