कम्बोडियाका प्रधानमन्त्रीसँग ओलीको भेट


काठमाडौँ, साउन ६ गते ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्। कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ प्रस्थान गरेका थिए।राजधानी नोम्पेनमा आज ९शनिबार० बिहान प्रधानमन्त्री हुन सेनसँग ओलीको भेट भएको उनको निजी सचिवालयले जानकारी दिएको छ।

ओलीलाई विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्रीस्तरीय अधिकारीद्वारा स्वागत गरिएको थियो।

उनीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन्। विमानस्थलमै पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुस राजा गिलानीसँग ओलीको भेट भएको थियो।

त्यस्तै, उनले नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भेटघाट गरेको सचिवालयले जनाएको छ। उनी पनि कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए।

आफू कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिएका थिए।

उनी साउन ८ गते स्वदेश फर्किने बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको