नगद प्रवाह १३ अर्ब ७६ करोडले बढ्यो


काठमाडौं, साउन ५ गते ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९र८० मा बजारमा १३ अर्ब ७६ करोड रुपैयाँले क्यास फ्लो ९नगद प्रवाह० बढेको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८र७९ को असार मसान्तसम्ममा बजारमा कूल ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ नगद रहेको रहेको थियो । तर एक पछिल्लो वर्ष यस्तो नगद प्रवाह बढेर ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

एक वर्षमा कूल १३ अर्ब ७६ अर्ब २ करोड ६८ लाख ५६० रुपैयाँले बजारमा क्यास सर्कुलेशन बढेको बैंकले जनाएको छ ।

यो बैंकिङ च्यानलमा आउजाउ भइरहेको पैसा हो । यद्यपि, कति पैसा अनौपचारिक क्षेत्रमा कारोबार भइरहेको छ, सो भने यकिन नहुने बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको