घट्यो सुनचाँदीको मूल्य,


काठमाडौं, साउन ५ गते ।

शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला १ लाख १२ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य बढेर हिजो भने ऐतिहासिक रेकर्ड कायम भएको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको