बर्दिवास, साउन ३ गते ।
महोत्तरीको बर्दिवास नगरपालिकाले सुनौलो हजार दिनका आमाहरूलाई पोषण सुधारका लागि नगद वितरण गरेको छ ।
नगरपालिका भित्र रहेका श्री लक्ष्मी महिला सहकारी संस्था लि।का गर्भवती तथा दुई वर्षमुनिका २५ जना बच्चाका आमाहरुलाई पोसिलो खानेकुरा खाने उद्देश्यले नगद रु २५ हजारका दरले रकम वितरण गरेको हो ।
सुनौलो हजार दिनका आमाहरूलाई पोसिलो खानेकुरा आफैले उत्पादन गर्ने र आय आर्जमा सहयोग पुग्ने उद्देश्यले महिला सहकारी तथा बहुक्षेत्रीउ पोषण सम्बान्धि आयमुलक कार्यक्रम संचालन कार्यविधि २०७७ अर्नतगत सहकारीलाई एकमुष्ठ ६ लाख २५ हजार नगरपालिकाले वितरण गरिएको बर्दिवास नगरपालिकाका नगर प्रमुखको सचिवालयले जनाएको छ ।

पोषणको अभावमा कुपोषण हुनसक्ने भन्दै नगरपालिकाले आफ्नो पालिका भित्रका सबै सुनौलो हजार दिनका आमाहरूलाई पोषण प्याकेज कार्यक्रम ल्याएको बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले बताउनुभयो । वहाँका अनुसार यो प्याकेजमा सहकारीहरुले अनुदान रकम प्राप्त गरेपछि सहकारीले व्यवसायिक योजनाका आधारमा यस योजना बमोजिम सदस्यलाई प्रति व्यक्ति अनुदान रकम उपलब्ध गराई समुहिक वा व्यक्तिगत व्यवसाय संचालनमाका सहयोग गदै आएको बताउनुभयो ।
सुनौलो हजार दिनमा आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना निमार्ण गरेर नगरपालिकाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको उहाँको भनाई छ ।

सन्तुलित र पोषणयुक्त खानपिनको अभावमा धेरै बालबालिका कुपोषणको शिकार भइरहेकाले कुपोषणबाट मुक्ति दिलाउन पौष्टिकतत्व युक्त खानपिनमा जोड दिइरहेको सचिवालका कार्मचारी नरायण सेनले बताउनुभयो । बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षको बीचमा हुने भएकाले सुनौलो हजार दिनका आमाहरूका लागि सन्तुलित र पौष्टिकतत्व युक्त खानपिनका लागि रकम वितरण गरिएको उहाँको भनाई छ ।

सन्तुलित र पोषणयुक्त खानपिनको अभावमा धेरै बालबालिका कुपोषणको शिकार भइरहेकाले कुपोषणबाट मुक्ति दिलाउन पौष्टिकतत्व युक्त खानपिनमा जोड दिइरहेको बर्दिवास नगरपालिकाका पोषण क्षेत्रिय कार्यक्रम अन्र्तगत पोषण सहजकर्ता विमला धमलाले बताए । उनका अनुसार यो कार्यक्रमले पोषण सुधारका लागि विपन्न समुदायका महिला समुह वा विपन्न सदस्यहरुलाई आय आर्जज सम्बन्धि एक दिने तलिम संचालन गरिसकेपछि सोही कार्यक्रम अन्र्तगत रकम वितरण गरिएको सहजकर्ता धमलाले बताए ।










