काठमाडौँ, असार २७ गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गर्दै निधनको खबरले मर्माहत भएको बताएका छन्।
माेदीले प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थनासमेत गरेका छन्।
सीता दाहाललकाे आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएकाे थियाे। हाल उनकाे शव माओवादी केन्द्रकाे पार्टी कार्यालयमा राखिएकाे छ। सीताकाे आजै अन्त्येष्टि गरिँदैछ।











