मेरो बिध्यालय


नामै सुन्दा गर्व लाग्ने , आहा भानुभक्त
पढाई हेर्दा झनै राम्रो , सधैं जान्छु म त
गुरु गुरुआमा पनि , साह्रै मिहिनेती
अरु धेरै स्कुल देखे , राम्रो देखिन यो जति

स्कुल हेर्दा दरवार जत्रो , खेल्नेचौर तीन वटा
दुई दुई वटा पन्खा सबमा , ठुलो ठुलो कोठा
मिहिनेती प्रधानाध्यापक , नाम राधेश्याम सपकोटा
कमका छैनन उपप्रधानाध्यापक , केदार प्रसाद देवकोटा

यस्ता असल मिहिनेती , शिक्षक कति कति
सुबिधाले भरिपूर्ण , छैन केहिको कमि
जस्तो सुकै बिध्यार्थी लाई , पढ्न मन लाग्छ
बद्री सरको ईंग्लिश कडा , थकाइ निन्द्रा भाग्छ

युवा युवा शिक्षकहरुको , नयाँ नयाँ सिकाइ
किताबी ग्यान मात्र होइन , व्यवहारिक ग्यान दिनदिनै
पढाई यहाँ नर्सरी देखि , कक्षा बाह्र सम्म
टाढ टाढाका बिध्यार्थीहरु , चार टा बसमा टम्म

१८०० बिध्यार्थिले , पढ्न यहाँ पाछन
यहीँ पढ्ने बिध्यार्थिहरु , डाक्टर पाइलट भाछन
साना साना भाइबहिनी , पढ्छन रमाइ रमाइ
गुरुआमाले सिकाउनु हुन्छ , हात समाइ समाइ

कृष्ण सरको खेल सिकाइले , हाम्रो मन छुन्छ
शुक्रबार शुक्रबार यहाँ , दैनिक खेल्कुद हुन्छ
खेलहरु हाजिरिजवाफ , दौड , भलिबल
पानीको लागि धारा छ , छैन अप्ठ्यारो कल

गौरव सरको स्वरै राम्रो , दिनेश सर को हसाइ
कपुर सरले पढाउनु हुन्छ , सब लाई नचाइ नचाइ
मन्जु mam र सबिना mam को , कस्तो राम्रो मुस्कान
पढाई सङ्सङै यहाँ, हुन्छ सधै नाचगान

अरु शिक्षकको नाम उस्तै , श्रीराम , जयराम , धन. राज
खेलकुदमा जिल्ला प्रथम , पुरस्कार .प्रसस्त छ् हामी माझ
अनिल सरको नामै काफी , उस्तै दिपक सर नि
उज्वल सर र लालेन्द्र सर , क्या रमाइलो गर्नी

दुई दुई वटा सन्तोष सङै , होस्टेल . हेर्ने रबिन्दर
secondary coordinator , कडा . छनहै दिवाकर
अरु पनि शिक्षक उस्तै , विशाल , सुशील , धर्मेन्द्र
कम्प्युटरका राजा नै भए , राकेश सर र नागेन्द्र

शिक्षक मात्र पनि होइन , यहाँ. धेरै छन शिक्षिका
miss madam को माया बिना , स्कुल फिका फिका
SEE को नतिजामा , सधै .जिल्ला प्रथम हुन्छ
यस्को पहिलो श्रेय , miss madamलाई नै जान्छ

बिहानीको प्राथार्नाको , दृश्य कस्तो राम्रो
जिल्लाकै उत्कृष्ट , भानुभक्त स्कुल हाम्रो
जस्ले जति तारिफ गर्छ , उ आफै थाक्छ
मलाइ मेरै भानुभक्त , असाध्यै प्यारो लाग्छ ।।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको