सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो


सर्लाही, असार २४ गते ।

सर्लाहीको गोडैता नगरपालिका –१२, मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ ।

गडहीयाबाट मधुवनीतर्फ गइरहेको प्रदेश २–०३–०१२ प ९७४४ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागि चालक धनकौल गाउँपालिका –१, बस्ने ४५ वर्षीय सोनालाल राउतको ज्यान गएको हो ।

तीव्र गतिका कारण मोटरसाइकलले नियन्त्रण गुमाएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

मृतक राउतको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको