सर्लाहीमा बालिका सम्मेलन गर्न माग गर्दै प्रदर्शन


सर्लाही , असार ३ गते ।

सर्लाहीको चन्द्रनगरमा बालिका सम्मेलन गर्न माग गर्दै प्रदर्शन गरिएको छ । शनिबार बालबालिका, महिला अधिकारकर्मी तथा महिलालगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

यसअघि शनिवारका लागि तोकिएको बालिका सम्मेलन केही जनप्रतिनिधिहरुको विरोधका कारण स्थगित गरिएको थियो । शुक्रबार गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, वडा नं। ७ का अध्यक्ष रामस्वरुप कुर्मी, वडा नं। ६ का अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं। ५ का अध्यक्ष , वडा नं। ४ का अध्यक्ष राजिव सिंह , वडा नं। ३ का अध्यक्ष सिताराम महतो लगायतको टोलीले बालिका सम्मेलन स्थगित गर्न माग गरेका थिए ।

प्रदर्शनकारीहरुले तत्काल बालिका सम्मेलन गर्न माग गरेका छन् । सन् २०३० सम्म बाल विवाहको अन्त्य र बालिकालाई सक्षम बनाउने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्ने तयारी रहेको थियो । जनप्रनिधिहरुकै आग्रहमा गाउँपालिकाले सम्मेलन रोकेपछि सो कदमको चौतर्फी आलोचना भैरहेको छ । सम्मेलन रोक्न माग गर्ने जनप्रतिनिधिहरुले भने यसबारेमा प्रतिक्रिया दिएका छैनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको