
टक नेपाल/
नेपाल सुनचाँदी रत्न तथा आभुषण मधेश प्रदेश महासंघमा सुधीर अग्रवाल चयन भएका छन। बुधवार बर्दिबासमा बसेको महासंघको प्रदेश कमिटी बैठकले सुधीर अग्रवालको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ।
कार्यसमितिमा हरिमन ठाकुर उपाध्यक्ष, मनिष साह सचिव, प्रमोद कुमार साह सह सचिव तथा शंकर प्रसाद साह कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन।
त्यसैगरी सुर्य नारायण साह, शंकर साह, हरि भजन साह, धिरेन्द्र प्रसाद साह, शत्रुघन प्रसाद साह, उमेश प्रसाद साह, सुरेन्द्र साह, चन्देश्वोर साह र सन्जय प्रसाद साह सदस्य पदमा चयन भएका छन।
महिला सदस्यहरुमा प्रीती गुप्ता र ज्योति अग्रवाल चयन भएका छन।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा महासंघको आफ्नै जग्गा सहितको भवन निर्माण गर्ने, महासंघलाई व्यक्तिगत सहयोगमा ५ लाख ५१ हजार आर्थिक राशी प्रदान गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघमा केन्द्रिय सचिव निर बहादुर विश्वकर्माले सर्वसम्मत कार्यसमिति चयन भएकोमा सन्तोष व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।