सम्पादकीय : गौहरुको जीवन रक्षा गर।


देशकै जेठो गौशालाको रुपमा परिचय बनाएको निगौल गाइ गौशाला व्यवस्थापन कार्यालयका गौहरु यतिबेला जीवन रक्षाको दोसाधमा खडा छन। वि.स. १९८३ सालमा स्थापित देशकै सबैभन्दा जेठो गौशालामा विगत १ महिना यता आधा दर्जन भन्दा बढी गाइवस्तुको विभिन्न कारणले मृत्यु भैसकेका छन भने कयौ जीवन मृत्युको दोसाधमा खडा छन ।

पर्याप्त श्रोत साधनको वाबजुद कुशल व्यवस्थापनको अभावमा गाइहरु यतिबेला उचित आहार र हेरचाहको अभावमा मृत्युको मुखमा अल्झिरहेका छन् । वि.स. १९८३ मा दरभङ्गाका महाराजले गाइहरुको संरक्षण गर्न स्थापित यस गौशालाको जग्गामा हालको बजार समेत रहेको छ। नेपाल सरकारलाइ हस्तान्तरण पछि बडाहाकिम,अन्चलाधिस हुदै २०४७ सालमा प्रमुख जिल्ला अधिकारी मातहत आएको यस गौशालालाइ वि.स. २०६७ सालमा रास्ट्रीय सहकारी बोर्डलाइ हस्तान्तरण गरिएको थियो ।

सधैभरी शक्तिको दोहनमा परेको यस संस्थालाइ पछिल्लो पटक रामपुर विश्वविद्यालय मातहत गाइहरुको नश्लिय विकासको अनुसन्धान केन्द्रको रुपमा परिमार्जन गरिने भनिए पनि सरोकारवालाको अकर्मण्यताको कारण त्यसले गती लिन सकेको छैन । विभिन्न स्वार्थ समुहको कोपभाजनमा परेको गौशालाका गाइहरु यतिबेला जीवन रक्षाको आशमा बसेका छन । यस तर्फ सबैले ध्यान दिनु जरुरी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको