दाताको पर्खाइमा गौहरु ।


टक नेपाल/बर्दिबास,मंसिर २०गते। राष्ट्रिय सहकारी विकास बोर्ड अन्तर्गत रहेको निगौल गाइ गौशाला व्यवस्थापन कार्यलयको संरक्षणमा रहेका गाइहरुको अवस्था दयनीय बन्न पुगेको छ। गाइहरुलाइ आवश्यक आहार पर्याप्त मात्रामा उपलब्ध हुन नसकेका कारण त्यहाँ रहेका करिब १ सयभन्दा बढी गाइहरुको अवस्था दयनीय बन्न पुगेको हो ।

विगत एकमहिना यता ६ वटा गाइ बाछाको मृत्यु भएको कार्यालयका निमित्त प्रमुख विर बहादुर चौधरीले जानकारी दिनुभयो । गाइवस्तुको आहार तर्फ हाल ५० लाख बक्यौदा रहेको तथा करिब ३५ लाख लगत उठन बाकी रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

बोर्डले गाइहरुलाइ समुदायमा हस्तान्तरण गर्ने विषयमा नितीगत निर्णय गरिसकेको छ। तर गौशाला नगरपालिकाले किसानहरुको नामावली नपठाएको कारण गाइहरु हस्तान्तरण गर्ने प्रकृया समेत अवरुद्ध बन्न पुगेको निमित्त प्रमुख चौधरी बताउँनु हुन्छ।

हाल कार्यालय मातहत ज्यालादारी सहित करिब ३० कर्मचारी कार्यरत छन ।

निगौल गाइ गौशाला व्यवस्थापन कार्यालयको मातहतमा करिब १४७ बिगाहा जग्गा रहेकोमा कयौ विग्गा जग्गाहरु अतिक्रमणमा परेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको