विश्वकप ‘गोल्डेन बुट’ दौडको शीर्षमा मेस्सी, यस्तो छ अन्यको स्थान


कतारमा जारी फिफा विश्वकप फुटबलमा गोल्डेन बुट दौड रोमाञ्चक बन्दै गएको छ । नकआउट चरणको दुई खेल सकिँदा ६ खेलाडी समान तीन गोलका साथ उच्च गोलकर्ताको शीर्ष स्थानमा छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी संयुक्तरूपमा शीर्ष स्थानमा उक्लिएका छन् । गएराति अन्तिम १६ अन्तर्गत अस्ट्रेलियाविरुद्ध एक गोल गरेसँगै उनी संयुक्तरूपमा शीर्ष स्थानमा उक्लिएका हुन् ।
मेस्सीले समूह चरणमा साउदी र मेक्सिकाे तथा अन्तिम १६ मा अस्ट्रेलियाविरुद्ध गाेल गरेका थिए । त्यस्तै, केलियन एम्बाप्पे (फ्रान्स) ले समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अस्ट्रेलियाले विरुद्ध एक गाेल गरेका थिए । इक्वेडरका इनर भ्यालेन्सियाले समूह चरणमा कतारविरुद्ध दुई तथा नेदरल्यण्ड्सविरुद्ध एक गाेल गरेका थिए ।
नेदरल्याण्ड्स कोडी गाक्पोले समूह चरणमा सेनेगल, इक्वेडर र कतारविरुद्ध गाेल गरेका छन् । स्पेनका अल्भारो मोराटाले समूह चरणमा काेस्टारिका, जर्मनी र जापानविरुद्ध गाेल गरेका थिए । इंग्ल्याण्डका मार्कस रासफार्डले पनि तीन गाेल नै गरेका छन् । उनले समूह चरणमा वेल्सविरुद्ध दुई तथा इरानविरुद्व एक गाेल गरे ।

उनीहरूलाई ब्रुनाे फर्नान्डेज (पाेर्चुगल),काइ हाभर्टज (जर्मनी), निकल्स फुलक्रग (जर्मनी), बुकायाे साका (इंग्ल्याण्ड), ओलिभर जिरूड (फ्रान्स), रिचार्लिसन (ब्राजिल), फेरान टाेरेस (स्पेन), मेहदी तरेमी (इरान), अलेक्सान्डर मिट्राेभिच (सर्बिया), बरेल इम्बाेलाे (स्विट्जरल्याण्ड), रित्सु डाेआन (जापान), आन्द्रेज क्रमारिच (क्राेएसिया), चाे गुइ सुङ (दक्षिण काेरिया), माेहम्मद कुडुस (घाना), सलिम अल दवसारी (साउदी अरेबिया) भिसेन्ट अबुबकार (क्यारून), जर्जियन डे अरास्काएटा (उरूग्वे) र जुलियन अल्भारेज (अर्जेन्टिना) ले समान दुई गाेलका साथ पछ्याई रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार