हामीलाई आफ्नो पसिनाको मुल्यले हास्न पुगोस : समाजसेवी अनिल थापा


नेपालको संविधान २०७२ को धारा ३४ मा ‘श्रमिक’ भन्नाले पारिश्रमिक लिइ रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर सम्झनुपर्छ भनेर उल्लेख गरेको पाइन्छ।

छोराछोरीलाई बच्चै देखि कुनै श्रमिकलाई देखाएर यदि तैले पढिनस भने यस्तै श्रम गरेर खानुपर्ला भनेर देखाउने एक किसिमको डर वाटै श्रमिक प्रती भेदभावको नजर शुरु हुन्छ

पढाई र पसिना विल्कुलै फरक हो, पढेकाहरु श्रमिक हुनु हुदैन र श्रम गर्न हुन्न भन्ने कुरा समाजबाट नहटुन्जेल सम्म देशमा श्रमको सहज वातावरण तयार हुदैन र हामी सबैले यस गम्भिर बिषय तर्फ पनि ध्यान दिनु पर्छ नै ।

फोहोर उठाउन आउने श्रमिक फोहोरी हैन अनि यदि उसले फोहोर नउठाईदिने भए हामी सफा भएर बस्न पनि त सक्दैनौ भन्ने यथार्थमय कुरा हामी नयाँ पुस्तालाई बुझाउन जरुरी छ । गरिबै भए पनि श्रम, पसिनाको मूल्यले आर्जेको धन, मन अनि निन्द्राको आनन्द दिव्य हुन्छ ।

संसारभरिका सबै श्रमजिबीहरू प्रति एक फेर नमन गर्दछु‘। ती रिक्सावाला साथीहरू, गाडीमा कार्यगत श्रमिकहरू, कारखानामा पसिना पुछ्दै बसेका दाजुभाइ दिदीबहिनी, अरबमा पसिना पुछ्दै या अन्य विदेशी भूभागमा श्रम गर्दै रहेका सम्पूर्ण श्रमिकहरू, कोदालोले हातमा ठेला उठेका हातहरू, भान्सा देखि भकारोसम्म पसिना चुहाउने सबै जनाको जीवनमा यस श्रम दिवसको वास्तविक अर्थ र समानता कायम हुनपर्नेछ ।

संसारका सारा मजदुरहरू एकजुट होऔं श्रम चाहे घरमा होस् या कार्यथलोमा महिलाले गरून् या पुरुषले गरुन्
श्रम केबल मोल होइन् मान सम्मान कदर समेत गर्न सिकौ। मजदुरको नाममा ठुला भाषण सहित दिबस मनाएर केहि हुनेवाला छैन। बरू मजदुरको हक हितको लागि केहि सोच्ने हो भने उनिहरुले सधै दिवस सम्झने छन आगामी दिनमा श्रम क्षत्रको कानुनी विभेद अन्त गरियोस, श्रमजीवी एकतालाई सार्थक बनाईयोस, जस्तोसुकै कठिन अबस्थामा पनि श्रम मैत्री वातावरणको सृजना भएको होस‘।

अन्तमा, पद्धति फेरिए पनि प्रवृत्ति नफेरिएको व्यापक जनगुनासो आइरहेको बेलामा काम गर्ने शैलीमा परिवर्तन महसुस गर्न नपाउनुलाई विडम्बना मान्नुपर्छ। नेपाली समाज रूपान्तरण हुँदै अगाडि बढ्नुपर्नेमा कतै पछाडि फर्कन त लागिरहेको हैन ? विश्वव्यापीकरणको युगमा महिलाको सर्वाङ्गीण विकासका लागि उनीहरूमाथि गरिने नीतिगत र व्यवहारगत भेदभाव जरैदेखि उखेल्दै दिगो, प्रभावकारी र समतामूलक समाजको विकास गर्न महिलाहरूलाई अवसर र चुनौतीहरूमा सक्रिय सहभागी गराइ नेतृत्व क्षमता विकास गरी सोहीबमोजिमको जिम्मेवारी तथा अवसर सुनिश्चित गर्न ढिला भइसक्यो।

पहुँचका आधारमा संभ्रान्त र तरमारा वर्गका महिलाहरूलाई प्रतिनिधित्वका नाममा अवसर प्रदान गर्नाले नेपालको संविधानको मर्ममा आघात पुग्नुका साथै लक्षित वर्गका महिला संविधानले परिकल्पना गरेको अवसर पाउनबाट वञ्चित भएका छन्।

लिङ्गका आधारमा विभेद नगरी राम्रो काम गर्ने क्षमतावानलाई सम्बन्धित क्षेत्रको नेतृत्व तहमा पुर्‍याउने परिपाटी विकास गर्न यस वर्षको श्रमिक दिवसका अवसरमा सबै तह र तप्काकाका नेतृत्व वर्गका महानुभावहरूले संकल्प गरेको सुन्न पाइयोस्।

हामीलाई आफ्नो पसिनाको मुल्यले हास्न पुगोस ! श्रमको वास्तबिक अर्थ र समानता कायम होस !! श्रमको सम्मान गर्दै आझ १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्पूर्ण श्रमिक र श्रमिक परिवारलाई शुभकामना !!


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको