७३ हजार माथिका मोबाइल ल्याउन नपाइने


१४ बैशाख । सरकारले ७३ हजार रुपैयाँ ९६ सय डलर माथिका मोबाइल सेटको आयातमा बन्देज लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मङ्गलबार राजपत्रमा सूचना प्रकाशित गर्दै मोबाइल आयातमा बन्देज लगाएको हो ।

अत्यधिक आयातका कारण नेपालसँग सञ्चित रहेको विदेशी मुद्रामा चाप परेपछि सरकारले कतिपय वस्तुहरूको आयातमा बन्देज लगाएको छ । त्यसै अनुसार महङ्गा मोबाइलको आयात मा पनि रोक लगाइएको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालका लागि यस्तो बन्देज असार मसान्तसम्मका लागि मात्र लागू हुनेछ । तोकिएको मूल्यभन्दा कमका मोबाइल आयात भने रोकिने छैन ।

मङ्गलबारदेखि नै यो नियम लागू हुने भएकोले अबदेखि ६ सय डलरभन्दा बढी मूल्यका मोबाइल आयातको लागि बैंकहरूले प्रतीतपत्र खोल्न पाउने छैनन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को नौ महिनामै नेपालले ३४ अर्ब रुपैयाँभन्दा बढीका मोबाइल आयात गरिसकेको छ । नेपालले धेरै आयात गर्ने वस्तुहरूमध्ये मोबाइल पाचौँ स्थानमा पर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको