६ चैत, महोत्तरी । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले क्यान्सर रोगसँग लडिरहेका तोया घिमिरेलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमका बीच उनको उपचारका लागि आर्थिक सहयोग र सम्मान गरेको हो ।
घिमिरे मधेस प्रदेशमा छन्द कवि तथा उपन्यासकारको रुपमा परिचित छन । उनलाई ११ हजार एक सय ११ रुपैयाँ नगद र दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यसैगरी मधेस प्रदेशका साहित्यकारहरूले उपचार खर्चबापत चन्दा उठाएर घिमिरेलाई ५५ हजार रुपैयाँ प्रदान गरेका थिए । क्यान्सरको कारण थलिएका घिमिरेको क्याम्पसका डोवहरु, फुटकर कविताहरू प्रकाशन भएका छन भने खरानी खण्डकाव्य प्रकाशोन्मुख छ ।



















