सरोकार संग सुरक्षाको माग गदै यसरी मनाए नव क्षितिज कलेजले विश्व सामाजिक कार्य दिवस


ललन मण्डल ।
आज मार्च १५ अर्थात चैत्र १ गते विश्व सामाजिक कार्य दिवस । विश्व समाजिक दिवसको अवसरमा विश्वका कयौं देशहरूले सामाजिक कार्य गरि यो दिवस मनाइएको हो ।


विश्व सामाजिक कार्य दिवसका अवसरमा नेपालमा पनि विभिन्न सामाजिक कार्यक्रम गरी मनाइएको छ । प्रत्येक वर्ष, विश्व सामाजिक कार्य दिवस चैत्र १ गते अर्थात मार्च १५ मा यो दिवस संसारभर मनाउने गरिन्छ ।


यस्तै महोत्तरीको वर्दिबास स्थित नव क्षितिज कलेजले पनि विश्व सामाजिक कार्य दिवसको अवसरमा सामाजिक कार्यका बारेमा छलफल र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी मनाएको हो ।
कार्यक्रमको आयोजना कलेजका बीए बीएसडब्लु संकायका छात्रछात्राले गरेका थिए । उनीहरूले समाजिक कार्यक्रमको विषयमा सामूहिक छलफल गदै कार्यक्रम सुरुगरेका थिए ।

विश्वका सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूले अप्ठ्यारोमा परेका बालबालिका, परिवार र समुदायको जीवनमा सहयोग गर्ने खेल्ने महत्त्वपूर्ण भूमिकाको तथा उनीहरूमा चेतना दिनको लागि प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको बीए बीएसडब्लु संकायका छात्रा ज्योती यादवले बताईन । मधेश प्रदेशमा हरेका चेलीहरु असुरक्षित बाचिरहेका छन । यसका लागि स्थानिय सरोका र प्रदेश सरोकाले लाखौ रकम छुट्याएपनि छोरीचेलीहरु विभिन्न समयमा दाईजो प्रथा,बालविवाह,चेलीवेटी बेचविखान जस्ता समस्याबाट मुक्त भएका छैनन । यदी हामी सम्पूर्ण यूवाहरु मिलेर यस्ता समस्याहरु बाट छोरीचेलीलाई मुक्त गरीयो भने अवश्य कुसल र सफल समाजको निर्माण हुने बताईन ।


उक्त दिवसको अवसरमा मार्च महिनाभरी समाजिक कार्यक्रमहरू गर्नुपर्ने भन्दै छात्रा यादवले सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरेकी थिईन ।
नेपालमा सामाजिक कार्य अध्ययन तथा अध्यापन सुरु भएको झन्डै दशक पुरा भईसकेको छ । हरेक वर्ष झन्डै सात हजारको हराहरीमा विद्यार्थीले स्नातक अध्ययन पुरा गर्दछ । तर यो जनशक्तिलाई राज्यले उचित व्यवस्थाप गर्न नसकेको र आवश्यक योजना तर्जुमा गर्न नसकेको हो भन्दै कार्यक्रमका प्रमुख अतिथि युवा नेता प्रहलाद कुमार क्षेत्रीले सोरकार वला निकायहरु प्रति आपति जनाए । उनले भने यस बर्दिवास नगरपालिका मात्र नभई देशका धेरै विद्यार्थीहरु स्नातक अध्ययन पुरा गरेपनि समाजिक कार्यमा अग्रसर नदेखाएको प्रति विभिन्न समयमा लोकसेवाको परिक्षामा अनुतिर्न भएको हो र यस विषयमा स्थायि स्तरका कलेजका विद्यार्थीहरुले अग्रसर हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो सामाजिक कार्यमा अझै अब्बल भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

स्रोत – देवराज तमाङ्ग

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको