के हो कनेक्ट आइपीएस, कसरी चलाउने ?


३० फागुन । विश्वभर नै प्रविधिले सबै कुरा सजिलो बनाउँदै गइरहेको छ । कामहरु छिटो, सजिलो र सरल बन्दै गएका छन् । प्रविधिको यो युगमा घर–बसी बसी नै तपाईं आफ्नो धेरै कामकाज फत्ते गर्न सक्नुहुन्छ ।

यस्तै, एउटा प्रविधिको यहाँ हामी चर्चा गर्न गइरहेका छौं, जसले भुक्तानी प्रणालीमा निकै सहजता ल्याइदिएको छ । नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपीएसमार्फत घरमा नै बसेर भुक्तानी गर्न सकिन्छ । आफ्नो खातामा भएको पैसा कतै तिर्नुपर्ने छ भने कनेक्ट आइपीएसले त्यो सुविधा प्रदान गर्छ ।

बैकमा गएर लामो लाइन बसेर भुक्तानी गर्नुपर्ने वाध्यता हटाएको छ कनेक्ट आइपीएसले । नेपाल सरकारले भुक्तानी र राजस्व संकलन सम्बन्धी कारोबारको पूर्ण एकीकृत र स्वचालित ई–भुक्तानीको लागि पहल गरेको थियो । सो पहल अनुसार नै सबै काम कनेक्ट आइपीएसबाट गर्न सकिन्छ ।

कर भुक्तानीको लागि कर कार्यालय वा यसको तोकिएको बैंक शाखामा नगइ नै कनेक्ट आइपीएबाट तिर्न सकिन्छ । कनेक्ट आइपीएस सञ्चालनमा आएपछि दक्षतामा सुधार, लागत घटाउने, सार्वजनिक सेवामा सुधार र वित्तीय पारदर्शिता वृद्धि भएको कम्पनीले बताएको छ । कनेक्ट आइपीएसले नेपालमा इलेक्ट्रोनिक भुक्तानीलाई समेत वृद्धि गरेको छ ।

कनेक्ट आइपीएसमार्फत धेरैवटा बैंकसँग जोडेर अन्तरबैंक पैसा स्थानान्तरण गर्न सकिने सुविधा छ । कनेक्ट आइपीएस कसरी सञ्चालन गर्ने भनेर नेपाल राष्ट्र बैंकले नीतिसमेत बनाएको छ ।

‘कनेक्ट आइपिएसको वेबसाइट छ । राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रहेर कारोबार गरिरहेका छौं,’ सिइओ निलेशमान सिंह प्रधानले भने, ‘वेबसाइटबाट दस लाख र मोबाइल एप्सबाट प्रतिकारोबार एक लाखसम्म भुक्तानी गर्न सकिन्छ ।’

क्लियरिङ हाउसले अहिले चेक क्लियरिङ, कनेक्ट आइपिएस, कर्पोरेट पे, नेसनल पेमेन्ट स्विच, एनएचसीएल आइपिएस गरी ५ वटा सेवा प्रत्यक्ष सञ्चालन गरिरहेको छ ।

यीमध्ये कनेक्ट आइपिएस बैंकहरूका सामान्य सदस्यहरूले अतिरिक्त सेवा लिन सक्ने प्रणाली हो ।

‘मोबाइल इन्टरनेटको माध्यमबाट सरल भुक्तानीमा पहुँच पु¥याउनु कम्पनीको उद्देश्य हो,’ कम्पनीका सिइओ प्रधानले भने, ‘सेवाग्राहीले जुनसुकै ठाउँमा बसेर सोझै खाताबाट कारोबार गर्न सक्नेछन् । तेश्रो माध्यम अपनाउनु पर्दैन ।’

सरकारले खाताबाट गरिने कामहरू डिजिटलाइज गर्ने भनिरहेको बेलामा कम्पनीले सहयोगी हुनेगरी काम गरिरहेको उनको भनाइ छ । यसअनुसार पछिल्लो समय नेपाल सरकारलाई भुक्तानी, नागरिक लगानी कोषमा भुक्तानी, सेयर कारोबार, सञ्चय कोषमा रकम जम्मा गर्नसमेत सम्भव भएको छ ।

कसरी सेवा सुरू गर्ने रु

कनेक्ट आइपिएसमार्फत् कारोबार सुरू गर्न सबैभन्दा पहिले प्रयोगकर्ताले एप डाउनलोड गर्नुपर्ने हुन्छ । दस लाखभन्दा बढी कारोबार रकम भए कनेक्ट आइपीएसको वेबसाइटमार्फत् जानुपर्छ ।

यदि एन्ड्रोइड फोन छ भने गुगल प्लेस्टोरमा गएर अयललभअत क्ष्एक् टाइप गर्नुहोस् । प्लेस्टोरमा यसको लोगोसहित नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपीएस एप देखापर्छ । त्यसलाई आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्छ ।

एप्पल फोन भए एपस्टोरमा गएर माथिकै तरिका अपनाएर एप डाउनलोड गर्न सकिन्छ ।

एपमा आफ्नो साधारण विवरण भरेर लग–इन आइडी र पासवर्ड बनाउन सकिन्छ । त्यसपछि प्रयोगकर्ताले सञ्चालन गरिरहेको कुनै पनि दुईभन्दा बढी बैंकलाई एपबाट नै भेरिफाइ गर्न सक्नेछन् ।

वेवसाइटमा कसरी दर्ता हुने ?

दस लाखभन्दा बढीको कारोबारका लागि कनेक्ट आइपीएसको वेवसाइटमा जानुपर्छ । वेवसाइटको माथिल्लो दायाँ कुनामा ‘साइन इन’ र ‘साइन अप’ भन्ने विकल्प हुन्छ । साइन इन कनेक्ट आइपीएसमा पहिल्यै जोडिएकाहरूका लागि हो जहाँ लग–इन आइडी र पासवर्ड हाल्नुपर्छ ।

नयाँ प्रयोगकर्ताले साइन–अपमा क्लीक गरेपछि एउटा फारम खुल्छ । त्यसमा नाम, इमेल, ठेगाना, मोबाइल नम्बर लगायत विवरण हुन्छन् । त्यो भरिसकेपछि तल लग–इन गर्ने नाम र पासवर्ड हाल्नुपर्छ ।

यति गरेपछि पेज खुल्छ । त्यसमा आफ्नो बैंकको विवरण भर्ने ठाउँ हुन्छ । यी सबै विवरण भरिसकेपछि बैंकले सकेसम्म छिटो स्वीकृत गर्छ । भेरिफाइ गर्न बैंक नै पुगिराख्नु पर्दैन । अधिकांश बैंकको घरैमा बसेर अनलाइन भेरिफाइ गर्न सकिन्छ । त्यसपछि कारोबार सुरू गर्न सकिन्छ।

कुन–कुन बैंक र वित्तीय संस्था छन् ?

वाणिज्य बैंकहरूः

कृषि विकास

बैंक अफ काठमाण्डु

सेन्चुरी

सिटिजन्स

सिभिल

एभरेस्ट

ग्लोबल आइएमइ

हिमालयन

कुमारी

लक्ष्मी

माछापुच्छ्रे

मेघा

नबिल

एनसिसी

एनआइसी एसिया

नेपाल इन्भेस्टमेन्ट

एनएमबी

प्रभु

प्राइम कमर्सियल

सानिमा

सिद्धार्थ

सनराइज

राष्ट्रिय वाणिज्य

नेपाल

स्टान्डर्ड चार्टर्ड

विकास बैंकहरूः

एक्सेल

गरिमा

ग्रीन

ज्योति

महालक्ष्मी

मितेरी

मुक्तिनाथ

लुम्बिनी

कामना सेवा

सप्तकोशी

सांग्रिला

शाइन रेसुंगा

वित्तीय संस्थाहरूः

गुह्वेश्वरी मर्चेन्ट

गुर्खाज

आइसिएफसी

मन्जुश्री

प्रोग्रेसिभ

रिलायन्स

युनाइटेड

बेस्ट

गुडविल

सेन्ट्रल

समृद्धि

नेपाल फाइनान्स

पोखरा फाइनान्स

अन्य डिजिटल भुक्तानीका माध्यमभन्दा कसरी फरक छ रु

कनेक्ट आइपीएस प्रणाली अन्य डिजिटल भुक्तानीका माध्यमभन्दा यस अर्थमा फरक छ कि, यसमा सबै बैंक तथा वित्तीय संस्था लिंक भएका छन् । त्यस्तै आइपिएस माध्यमको प्रयोग गर्दा छुट्टै डिजिटल वालेटमा पैसा भर्नु पर्दैन । सोझै प्रयोगकर्ताको खाताबाट काटिन्छ । खातामा पैसा हुँदासम्म समस्या आउँदैन ।

साथै कतिपय डिजिटल भुक्तानी माध्यममा वित्तीय संस्थाहरूको लिमिट कनेक्सन हुन सक्छ । यसमा कनेक्सन समस्या नभएको सिइओ प्रधानले बताए ।

‘कनेक्ट आइपिएसमा ८ वटा डिजिटल वालेट जोडिएका छन् । यी सबैबाट सबैमा सरल कारोबार गर्न सकिन्छ,’ प्रधानले भने ।

यति मात्र होइन, कोही ग्राहकको वालेटमा पैसा छ र त्यसलाई बैंकमा सारेर नगद निकाल्नुप¥यो भने पनि सम्भव भएको प्रधान बताउँछन् ।

‘वालेटहरूमा रकम लोड–अनलोड गर्न आइपिएसले सहयोग गर्छ । यो सुविधा कन्टेक्ट आइपिएसमा मात्रै उपलब्ध छ,’ उनले भने, ‘पठाएको पैसा तुरुन्तै पाउन सकिन्छ । कुनै पनि काम गर्न बैंकमा लाइन बस्नु, भौचर भर्नु आवश्यक छैन ।’

यसमा सानादेखि ठूलासम्मका कारोबार गर्न सकिन्छ । विशेषगरी ठूला कारोबारमा यो प्रणाली उपयोगी सावित भइरहेको कम्पनीको भनाइ छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको