पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो


भारतबाट फेरि पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेशन ९आईओसी० ले मंगलवार नयाँ मूल्य सूची पठाएको छ । जसअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३।८९ रुपैयाँ, डिजेल ३।०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०।३० रुपैयाँ बढेर आएको छ ।

यस्तै, हवाई इन्धन प्रतिलिटर ३।३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए ।

प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०।५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुने बताइएको छ ।

मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५।५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४।०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०।३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार