धनुषा : नगर प्रमुखको विरोधमा स्थानीयद्वारा तालाबन्दी


१२ धनुषा । धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख रामज्ञान मण्डलले आफू अनुकुल हाकिम ल्याउनका लागि फर्जी कागजात बनाएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका छन् ।


बिहिबार हंसपुर नगरपालिकाको कार्यपालिकामा स्थानीयवासीले अधिकृत केशव अधिकारीलाई सरुवा गर्न लगाएको भन्दै नगर प्रमुख रामज्ञान मण्डलको विरोधमा तालाबन्दी गरेका हुन् ।

नगरप्रमुख रामज्ञान मण्डलले फर्जी कागजात तयार गरी अधिकृत अधिकारीलाई सरुवा गर्न लगाएको र विकास निर्माणको काममा व्यापक अनियमितता गरेको आरोप लगाउँदै जनता समाजवादी पार्टी नेपालका स्थानीय नेता बलिराम कापरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्थानीय नेता कापरीले नगरप्रमुख मण्डलले कार्यालयमा आफू अनुकूलको अधिकृत ल्याउन कार्यपालिकाको फर्जी बैठक राखेर तथा फर्जी कागजात तयार गरेर अधिकृत अधिकारीलाई यहाँबाट सरुवा गरेको बताए ।


स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसंगै अहिले हंसपुर नगरमा धमाधम विकास निर्माणको काम भईरहेको छ । विकास निर्माणको नाममा हुने कमिसनको चक्करमा नगरप्रमुख मण्डलले अधिकृत अधिकारीलाई सरुवा गर्न खोजेको आरोप उनले लगाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको