फागुन २ बाट ग्रीन भेन्चर्सले ३१ करोड २५ लाखको आईपीओ निष्कासन गर्ने, ककस्ले दिन पाउँछन् आवेदन ?


२३ माघ । ग्रीन भेन्चर्सले फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये १० प्रतिशतले हुन आउने ३१ करोड २५ लाख रुपैयाँको आईपीओ प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्नै भएको हो ।


आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्लाको खिजिम्वादेवी गाउँपालिका एक, दुई, तीन, लिखु गाउँपालिका नौ, एक, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका एक र दुई, उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाले आईपीओमा आवेदन दिन पाउने छन् ।

प्रभावित क्षेत्रका बासिन्दाले न्यनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । कम्पनीले छिटोमा फागुन १६ गतेसम्म निष्कासन गर्ने छ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत एक गतेसम्म बिक्री गर्नेछ । यदि यस अवधिमा पनि बिक्री नभएमा बाँकी रहेको शेयर सहित सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।

 

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरिसके पछि सर्वसाधारणलाई पनि ३१ करोड २५ लाख रुपैयाँको आईपीओ निष्कासन गर्नेछ ।

 

               

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको