बढ्यो फेरि पेट्रोलियम पदार्थको मूल्य


१८ माघ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेग री साविकको बिक्री मूल्यमा पेट्रोल र डिजेल/मटितेल प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

अब पेट्रोल १४२ र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको