कृषि,पर्यटन, उधोग र युवा स्वरोजगारलाई केन्द्रित गर्ने उदेश्यले महोत्तरीको बर्दिबासमा भब्य महोत्सवको आयोजना हुने भएको छ ।
नेपाल चेम्बर अफ कमर्स महोत्तरीको आयोजनामा विशेषगरी युवाहरुलाइ स्वरोजगार बनाउने उदेश्य सहित १३ माघ देखी २४ माघसम्म महोत्सव हुने भएको हो ।
प्रथम बर्दिबास महोत्सव नाम राखिएको उक्त महोत्सवमा युवाहरुलाइ कम लगानीमा उधोगपती बनाउने उदेश्यले राष्ट्रिय र अन्तराष्ट्रीय उधोगीहरुलाइ महोत्सवको स्टलमा निम्त्याउने आयोजक पक्षले जनाएको छ ।
महोत्तरीमा मात्र ४० भन्दा बढी उधोग र कलकारखाना छन । थोरै लगानीमा पनि सफल उधोगी बन्न सक्ने जानकारीको अभावमा युवाहरु पलायन भैइरहेको बताउदै चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधिर अग्रवालले बिदेश पलायनलाइ समेत महोत्सवले रोक्ने बताए ।
प्रदेश-२ मा नै महोत्सव अहिलेसम्मको फरक भएको दावी गर्दै महोत्तरी चेम्बर अफ कमर्सका स-सचिव हरि काफ्लेले महोत्सववाट युवाहरु स्वरोजगार बन्न उत्त्प्रेरित हुने बिस्वास ब्यक्त गरे ।
पानीपुरी बनाउने अटोम्याटिक मेसिन देखी ठुला-ठुला उधोगहरुको अवधारणा महोत्सव भित्र प्रवेश गर्ने जोकोहीले महसुस गर्न पाउने आयोजक पक्षले जानकारी दियो ।
प्रदेश-२ का युवाहरुलाइ स्वरोजगार बनाउन महोत्सवमा प्रवेश गर्ने युवाहरुलाइ प्राबधिक र नैतिक सहयोगको समेत कार्ययोजना बनाएको बताउदै चेम्बर अफ कमर्सका सचिव सुदर्शन काफ्लेले यस महोत्सवबाट प्रदेश-२ मा नवीन महोत्सवको सुभारम्भ हुने दावी गरे ।
महोत्सवमा कृषी,स्थानिय उत्पादन, पर्यटन जस्ता बिषयमा पनि उत्तिकै ध्यान दिइनेछ । प्रदेश-२ तथा महोत्तरीको स्थानिय कला, संस्कृतीलाई पहिचान गराउन पनि आयोजक पक्षले गृहकार्य गरिरहेको छ ।
महोत्सवभित्र बालउधान, मनोरञ्जनात्मक कार्यक्रम र ख्यातीप्राप्त कलाकारहरु बोलाएर अवलोकनकर्ताहरुले फरक संवाद समेत लिन सक्ने आयोजक पक्षले जनाएको छ ।
विशेषगरी युवाहरुलाइ स्वरोजगार बनाउने अभियान अन्तर्गत महोत्सवले फरक -फरक क्षेत्रका व्यापारी, उधोगी, कृषीसग समबन्धित प्राबधिक तथा डाक्टरहरुको माध्यमवाट उत्त्प्रेरित हुने परामर्शलाई नै प्राथमिकता दिने अध्यक्ष अग्रवालको भनाइ छ ।



















