चाउचाउको कार्टुनभित्र ५० लाख रुपैयाँसहित एकजनापक्राउ


१८ पुष,काठमाडौं । सौर्य एयरलाइन्सको उडानबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको ५० लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले सो रक म लिन आएको अवस्थामा सौर्य एयरलाइन्समै कार्यरत रेशा शाक्य पोखरेललाई पक्राउ गरेको हो ।

शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा विराटनगरबाट काठमाडौं आएको सो विमानमा रहेको रातो रङको ब्याग चेकजाँच गर्दा लुकाइछिपाइ राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउको कार्टुनभित्र सो रकम फेलापरेको प्रहरीले जनाएको छ । रकमको स्रोत खुलेको छैन ।

प्रहरीका अनुसार सोही रकम संकलन गर्नका लागि आएकी सौर्य एयरलाइन्स काठमाडौंमा असिसटेन्टको रूपमा कार्यरत पोखरेललाई समेत पक्राउ गरिएको हो । थप कारबाही र अनुसन्धानका लागि पोखरेलसमेतलाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको