साफ च्याम्यिनसीप नेपाल भारतसँग १–० ले पराजित


४ पुष, काठमाडौं । साफ यू–१९ फूटबल च्याम्पियनसीपमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार बंगलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग १–० गोलको अन्तरले पराजित भएको हो ।

भारतको जितमा एकमात्र निर्णायक गोल पी नावरेमले गरे । उनले खेलको ६७ औ मिनेटमा गोल गरे । यो हारसँगै फाइनलमा प्रवेश गर्ने नेपालको सम्भावनामाथि धक्का लागेको छ । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता थियो ।

अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनु पर्नेछ । बंगलादेशले श्रीलंकामाथि जित वा बराबरीकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

बंगलादेशले पराजय भोगे नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ । यता नेपालमाथि जित निकाल्दै भारत भने प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले चार मध्ये तीन खेल जित्दै ९ अंक जोडेको छ । यता नेपालले चारमध्ये दुईमा जित र एक खेलमा बराबरीको नजिता निकाल्दै जम्मा सात अंक जोडेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको