४ मङ्सिर । महोत्तरीको सम्सी गाउँपालिका-७, सीमा इलाकाबाट सशस्त्र प्रहरीले ७ लाख नेपाली रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले शुक्रवार धनुषाको जनकपुर उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय तुलसी साहलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका साहले उक्त रकमको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको हो ।









