महोत्तरीमा बजार अनुगमन तिव्र, म्याद गुज्रेको सामग्रीहरु गरे नष्ट


१९ असोज। महोत्तरीमा दशै आउनै लाग्दा बजार अनुगमन तिव्र पारिएको छ । जिल्लाको जलेश्वर,सम्सी,रामगोपालपुर,गौशाला औरही पालिकाहरुमा रहेको बजार अनुगमन गरि पसलहरुमा फेला परेको म्याद गुज्रेको अठहत्तरी हजार ८२५ रुपया बराबरको विभिन्न खाद्यय सामग्रीहरु नियन्त्रणमा लिई अनुगमन टोलीले नष्ट गरेको छ ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,भेटेरेनरी अस्पताल,उपभोक्ता समिति,उद्योग वाणिज्य संघ,सुरक्षा टोली लगायत सम्मिलित टोलीले उक्त परिमाण वरावरको सामग्री नियन्त्रणमा लिई नष्ट गरेको हो ।

टोलीले बिस्कुट,जुस,चिसो पेय पदार्थ,घिउ,तेल,मसाला,पाउडर दुध,ह्याण्ड वास लगायतका विभिन्न म्याद गुज्रेको सामग्री सम्बन्धित पसलहरुलाई पहिलो पटकलाई चेतावनी दिदै नियन्त्रणमा लिई नष्ट गरेको हो ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले अझै केहि पालिकाहरुमा अनुगमन बाकि रहेकोमा यसलाइ नियमति गरिने बताए । उनले पहिलो पटकलाई चेतावनी दिईए पनि पुनः सोहि पसलहरुमा म्याद गुज्रेको सामग्री भेटिए कानुन बमोजिम सजाय हुने वताए ।

बजारमा हाललाई मुल्य र म्याद हेर्ने कार्य भैरहेपनि सम्सी र गौशाला लगायतका विभिन्न स्थानमा पुग्दा पसलहरु बन्द गरेर भागेको पाइएकोमा त्यसता पसलहरु शंकाको घेरामा रहेको र जुन पनि वेला उक्त पसलहरुमा छड्के जाँच गरि गलत भेटिएको खण्डमा कार्यवाहीमा लगिने बताए ।

उनले उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने खाद्यय सामग्रीमा म्याद र मुल्यले प्रभाव पार्ने भएकोले जनस्वास्थ्यसंग खेलवाड गर्नेलाई कानुन अनुसार कार्यवाही गर्ने बताए ।

सप्रजिअ न्यौपानेले गडबडी नहुने पसल संचालकहरु डराउनु पर्ने कुनै कारण नरहेको र झनै पसलमा केहि समस्या नदेखिए जनताको उनको पसलमाथी झनै विश्वास वढ्ने भएकोले अनुगमन टोलीलाई सहयोग गर्न व्यापारीहरुलाई आग्रह गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको