महोत्तरी : बर्षौ देखि झुपडीमा बस्दै आएका महतो परिवारले पायो युरोपबाट राहत


१५ असोज, बर्दिबास । महोत्तरीका एक असक्त दम्पतीको परिवारका लागि विदेशबाट खाद्यान्न सामाग्री सहयोग भएका छन् ।

बर्दिबास नगरपालिका वडा नम्बर (९ पशुपतिनगर स्थित ऐलानी जग्गामा बर्षौ देखि एउटा झुपडीमा बस्दै बहादुर महतो परिवारलाई युरोपको साइप्रसमा बस्दै आएको प्रतिक महतोले खाधान्न सामाग्री पठाएका छन् ।

नेपालवाणी डटकम अनलाइनमा समचार तथा भिडियो प्रकाशन भएपछि धनुषाको मिथिला नगरपालिका स्थित नक्टाझिझ घर भइ हाल साइप्रस बस्दै आएका महतोले ५ हजार मुल्य बराबरको खाधान्न सामाग्री पिडित परिवारलाई सहयोग गरेका छन् ।

महतोले ३ बोरा चामल, ५ किलो दाल, ५ किलो आलु, १ लिटर खाने तेल, सोयाविन २ पाकेट, १ पाकेट सब्जी मसाला ४ पिस साबुन गरि ५ हजार मुल्य बराबरको खाधान्न बितरण गरेको छ ।

उक्त सामाग्री स्थानीय समाजसेवी तथा राजनीतिकर्मी भिम बहादुर आले मगर , स्थानीय शिक्षिका पुनम कुमारी महतो ,पत्रकार ललण मण्डल र सुरेन्द्र सिंह , स्थानीय युवा प्रबेस महतो लगायतका स्थानीय बासीको उपस्थितिमा वितरण गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको