करोड भन्दा वढिमा ठेक्का लाग्ने गौशला बजार, प्रदेश २ कै बन्न पुगे दुर्गन्धित बजार


नरेन्द्र महतो

१३ असोज । महोत्तरी जिल्लाको गौशाला नगरपालिका स्थित रहेका गौशाला बजार प्रदेश न.२ को सव भन्दा बढि दुर्गन्धित वजार बनेका छन ।

नगरपालिकाले प्रत्येक वर्ष करोड भन्दा वढिमा वजार ठेक्का लगाउने गरिन्छ त्यस पछि वजार सफा सुधर गराउन लागि माथि बाट एक कर्मचारी राखि लाखौ लाख रकम वर्षमा नगरपालिकाले दिने गरिन्छ तर ति कर्मचारीको लापारवाहिको कारण विच वजारमा रहेको फोहर सफा नगरेर थुपार्नाले पूरा वजार दुर्गान्ध फैलिएकोमा व्यापारीहरुले गुनासो गरेका छन।

दशैको मुखमा आएर वजार सफा सुधर हुनु पर्नेमा झन दर्गन्धित बन्दै गईरहेकोमा खुद्रा व्यापारीहरु चिन्तित बनेका छन ।

यो वजारमा हरियो तरकारी विक्रि गर्न लागि बाहिर बाट व्यापारीहरुले ल्याएको तरकारी सडे गले पछि वजारमा फाल्ने गरिन्छ तर सफा सुधर नभएको कारण वजार दुरगन्धित बन्दै गईरहेका छन।

पसलको अगाडि फोहर फालिएको छ हवा चल्दा नाक छोपेर दिन रात खाना खान सकिन्ने अवस्था नरहेको स्थानिय उपेन्द्र कुशवाहाले वताए । तरकारी व्यापारीलाई वजारमा फोहर नफाल्न भने पनि कुरा नटेरेको उनले भने।

भारत सीमा नाका भन्दा १५ किलोे मिटर उत्तर गौशाला बजार पर्छ यो वजारमा प्राय जसो व्यापारीहरु नाकाको छेउ छाउ गाउँको हुने गरेका छन ।उनिहरु प्रत्येक दिन सयौको संख्यामा साईकल मोटर साईकलमा तरकारी लोड गरेर सीमा क्षेत्रका वजार तथा गाउँघरमा विक्रि वितरण गरिने गरिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको