मृत्युसंग लडिरहेकी अनिताको जीवन रक्षाका लागि अनिता वि.क. बचाउ अभियान


३ असोज । कपिलवस्तु जिल्ला काे बाणगंगा नगरपालिका चप्परगाउँ निवासी झबिन्द्र वि. क. की श्रीमति अनिता २ महिनाको सुत्केरी अवस्थामा अहिले मृत्युसंग लडिरहेकी छन् ।

काठमाडौँ मेडिकल कलेजमा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठायो । तर घर पठाइदिएको ७ दिनपछि पुनः फेरि उस्तै रोग बल्झिएर अहिले फेरि काठमाडौँको न्युरो अस्पताल (Magnolia)मा (myasthenic crisis) रोगको उपचार गराइ रहेको छ ।

जसको लागि धेरै रकमको आवश्यक पर्ने देखिएको पारिवारिक स्रोतले जनाएको छ । अनिताको स्वास्थ्य अवस्थामा सहयोग होस् भन्नका लागी अहिले सामाजिक संजालमार्फत ‘अनिता बचाऊ अभियान’ समेत संचालन गरिएको छ ।

निजको आर्थिक अवस्था कमजोर भएको हुदा सहयोगी मन भएका महानुभावहरुले उपचारको लागि आर्थिक सहयोग गरिदिन परिवारले सबै समक्ष अनुरोध गरेको छ ।

NMB Bank limited Bangain Branch.(Jhabindra B.k)
खाता न: 0510145900400018
Global IME Bank Bangain Branch.(Santosh B.K)
खाता न: O707010006294


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको