नौ महिनापछि खुल्यो पशुपति मन्दिर


२५ भदौ,काठमाडौं । कोरोना संक्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर शुक्रबार आजदेखि सर्वसाधारणका लागि खुला भएको छ। सङ्क्रमणका कारण वैशाखदेखि बन्द रहेको मन्दिर बिहान ६ बजेदेखि खुला गरिएको हो।

पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा प्रबन्ध तथा स्वास्थ्य मापदण्ड मिलाएर मन्दिर खुला गरेको हो।

पशुपतिनाथ अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार पशुपतिनाथ र गुह्येश्वरीमा पनि आवश्यक व्यवस्थापन गरिएको छ।

भदौ २६ को ऋषि पञ्चमीमा पशुपतिनाथको दर्शन हुन सकोस् भन्ने चाहना पशुपति क्षेत्र विकास कोषको रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको